विवाह बन्धनमा बाधिँए रमेश प्रसाईं



काठमाडौं । पब्लिक स्पिकर रमेश प्रसाईं विवाह बन्धनमा बाधिँएका छन् । उनले आज समाजसेवी नन्दा सिंहसँग धरानमा विवाह गरेका छन् ।
लामो समयदेखिको प्रेम सम्बन्धपछि उनीहरु आज विवाह बन्धनमा बाधिँएका हुन् । विवाह बन्धनमा बाधिँएपछि रमेश प्रसाईंलाई धेरैले सामाजिक सञ्जालमार्फत वैवाहिक जीवनको शुभकामना दिएका छन् ।
पछिल्लो समय रिङ्केबुङ्गको रागोलाई बोलको गीतबाट पनि चर्चामा आएका रमेश प्रसाईंको विवाहका तस्बिरहरु अहिले सार्वजनिक भएका छन् । तस्बिरमा रमेश निकै खुशी देखिन्छन् ।