त्रिभुवन विश्वविद्यालयको कक्षा र परीक्षा बहिष्कार गर्ने आंशिक प्राध्यापकहरूको घोषणा ।


  • त्रिभुवन विश्वविद्यालयको कक्षा र परीक्षा बहिष्कार गर्ने  आंशिक प्राध्यापकहरूको घोषणा ।
  • त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले विश्वविद्यालयको कक्षा र परीक्षा बहिष्कार गर्ने भएका छन् । स्थायी प्राध्यापकहरू सरह ज्याला पाउनुपर्ने माग गर्दै उनीहरुले कक्षा बहिष्कार गर्ने र परीक्षामा सहभागी नहुने बताएका हुन् । त्रिवि आंशिक प्राध्यापक सङ्घ केन्द्रीय कमिटीले सहअध्यक्ष राजन ढुंगानाले अब देशभरका आंशिक प्राध्यापकले उपकुलपति कार्यालयमा केन्द्रित भएर आन्दोलन गर्ने पनि चेतावनी दिए । समान काम गर्ने विश्वविद्यालयका अन्य प्राध्यापक सरहका सेवा सुविधा पाउनुपर्ने, प्राज्ञिक उन्नयनको अवसर पाउनुपर्ने, पेसागत स्थायित्व हुनुपर्ने, एक शैक्षिक सत्र पूरा गरेका आंशिक प्राध्यापकले शिक्षण सहायक सरह सेवा सुविधा पाउनुपर्ने त्रिविका आंशिक प्राध्यापकको माग रहेको छ । हाम्राखवर

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *