पूर्व सांसद लामाको कोरोना संक्रमणबाट निधन


  • पूर्व सांसद लामाको कोरोना संक्रमणबाट निधन
  • काठमाडौं । पूर्व सांसद कमानसिं लामाको कोरोना संक्रमणका कारण निधन भएको छ । उनको बुधबार राति शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा निधन भएको हो ।
    कोरोना सक्रमण भएपछि कमानसिंहको शिक्षण अस्पतालमा उपचार भइरहेको थियो । मिर्गौला, मधुमेह र उच्च रक्तचापको बिरामी समेत रहेका उनको बुधबार राति उपचारको क्रममा निधन भएको जनाइएको छ । विसं २०४८ सालमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार भएका उनी काभ्रेपलाञ्चोक जिल्लाबाट सांसदमा बिजयी भएका थिए । उनी  दक्षिण कोरियाका लागि राजदूतसमेत बनेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *