चर्चित नायिका वर्षा रावतको आज जन्मदिन



काठमाडौं - नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री बर्षा राउतको आज जन्मदिन परेको छ । सन् १९९३ डिसेम्बर १४ तारिखका दिन सिन्धुलीमा जन्मेकी वर्षाले आज आफ्नो जन्मदिन मनाउँदैछिन् ।
आज उनको जन्मदिनको अवसरमा उनलाई बिहानैदेखी शुभकामनाको ओइरो लागेको छ । चलचित्र ‘नाइँ नभन्नू ल’बाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेकी बर्षाले हालसम्म आफ्नो अभिनयले धेरै दर्शकको मन जितिसकेकी छिन् ।
चलचित्र नाइँ नभन्नू ल’, ‘छक्का पञ्जा’ सिरिज, ‘जात्रा’, जात्रै जात्रा उनका हिट चलचित्र हुन् । उनले चलचित्र क्षेत्रकै अभिनेता तथा ब्यबसायी संजोग कोइरालासँग विवाह गरेकी हुन् ।