प्रतियोगिताबाट बाहिरियो बागमती, राप्ती फाइनलमा



काठमाडौं । गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा राप्ती फाइनल पुगेको छ । भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आइतवार बागमतीलाई ११ रनले पराजित गर्दै राप्ती फाइनलमा स्थान बनाएको हो ।
लगातार दोस्रो खेलमा पराजित भएपछि बागमती प्रतियोगिताबाट बाहिरिएको छ ।
१ सय ३० रनको मध्यम लक्ष्य पछ्याएको बागमती २ बल बाँकी छँदै अलआउट भयो । बागमतीका सोमपाल कामीले २८ बलमा सर्वाधिक ३५ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रन बनायो । राप्तीको लागि अमित श्रेष्ठले सर्वाधिक २६ रन बनाए ।
फाइनलमा राप्ती र नारायणी भिड्ने छन् ।