वडा कार्यालयमा कर्मचारीको ढिलासुस्तीले सेवाग्राही मर्कामा



काठमाडौं : स्थानीय सरकार आएदेखि गाउँ गाउँमा सिंहदरबारको नाराले खुप व्यापकता पायो। जनताहरु पनि राम्रो सेवा सुविधा स्थानीय स्तरमै पाइने भयो भनेर हर्षित पनि भए। तर जनताको आशा अनुरुप स्थानीय सरकारले सेवा सुविधा दिन नसकेको सेवा ग्राहीको गुनासो बढ्दो क्रममा छ।
यसैबीच, काठमाडौंको एक वडा कार्यालयमा कर्मचारीको ढिलासुस्तीले सेवाग्राही मर्काको परेको गुनासो आएको छ। बुधबार आज काठमाडौं महानगरपालिका अन्तर्गत वडा नम्बर ३१ भिमसेन गोलामा साढे १० बजेसम्म पनि कर्मचारी कार्यालयमा न आउँदा काम समयमा नभएको एक सेवाग्राहीले इकान्टिपुर टाइम्सलाई बताएका छन् ।
"तिरेको रसिद लिन साढे ९ बजेदेखि नै लाइनमा बसेको छु", उनले भने, "लाइन बस्दा बस्दा साढे १० बजिसक्दा पनि कोही कर्मचारी आएका छैनन् । आज मात्रै होइन सधैजसो यस् वडाका कर्मचारी समयमा कार्यालय आउँदैनन् । जसले गर्दा म जस्ता धेरै सेवाग्राहीलाई मर्का परेको छ। स्थानीय सरकार आएपछि केही सहज होला भन्ने आशा थियो तर झन दु:ख मात्रै पाइयो।"
नारायण भण्डारी वडा अध्यक्ष रहेको उक्त वडामा प्रायजसो कर्मचारीहरु कार्यालय समयमा उपस्थित हुने नगरेको सेवाग्राहीले गुनासो गर्दै आएका छन् ।