
भुमिहिनहरुले पाउने भए जग्गा



प्रतिनिधिसभा सदस्य माननीय बिमला वि.क. ले वास्तविक भुमिहिनहरुको पहिचान गरी एक वर्ष भित्र सम्पुर्ण भुमिहिनहरुलाई जग्गा उपलव्ध गराउने प्रतिवद्धता गर्नुभयो । आज ठाकुरवावा नगरपालिका-१ स्थित भुमि समस्या समाधान आयोग, पालिका स्तरिय लगत संकलन ईकाइ कार्यालयको उद्घाटन गर्दै माननीय वि.क. ले त्यस्तो वताउनुभएको हो । उहाले लामो समयदेखि भुमिहिन नागरिकहरुमाझ रहदै आएको समस्यालाई अन्त्य गरिने समेत वताउनुभयो ।
कार्यक्रममा ठाकुरवाव नगरपालिकाका मेयर घननारायण श्रेष्ठले वास्तविक सुकुम्बासीको लगत तयार गरी जिल्ला सुकुम्बासी आयोगलाई सिफारिस गरिने वताउनुभयो । मेयर श्रेष्ठले भोली पौष २ गतेबाट नै लगत संकलनको कार्य सुरु गरिने बताउनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य लौटि थारु, उपमेयर आस्था थारु, कार्यकारी अधिकृत रामहरी रिजाल, नेपाली कांग्रेसका ठाकुरवावा सभापति दिपक तिमिल्सिना र नेकपा ठाकुरवावाका अध्यक्ष चक्र भण्डारी लगायतको उपस्थिति थियो ।
