तरकारी र चिया बेच्ने युवायुवतीको प्रेमकथामा “गुड्डु लभ यू” (भिडियो)


  • तरकारी र चिया बेच्ने युवायुवतीको प्रेमकथामा "गुड्डु लभ यू" (भिडियो)
  • काठमाडौं : पछिल्लो समय दिनहुँजसो दर्जन बढी म्युजिक भिडियोहरु रिलिज भइरहेका हुन्छन् । केही गुणस्तरीय म्युजिक भिडियोलाई दर्शकले राम्रो साथ दिन्छन् भने केही म्युजिक भिडियो दर्शकको नजरमा राम्रोसंग पर्न नपाउँदै सेलाउँछन। यसैबीच, पृथक शैलीमा आधारित एउटा नयाँ म्युजिक भिडियो रिलिज भएको छ। बुधबार रिलिज “गुड्डु लभ यू” बोलको म्युजिक भिडियोमा समावेश गीतमा लोकप्रिय मेलोडियस गायक प्रताप दास र गायिका रचना रिमालले सुमधुर आवाज दिएका छन् । गीतमा अब्बल सम्पादक प्रविन भट्टको शब्द रहेको छ।भने संगीत देवेन्द्र बब्लुले दिएका छन् । गीतका प्रत्येक शब्दहरु प्रेमिल छन् । चोखो प्रेम सम्बन्धमा रहेका एक जोडीको प्रेमिल कथालाई प्रबिनले गीत मार्फत प्रस्तुत गरेका छन् । गीतको गायिकी अनि संगीत पक्ष पनि मेलोडियस छ। गीतको अडियो जति सुनिरहुँ लाग्छ, भिडियो पनि त्यततिनै आकर्षक बनेको छ। गीतको भाव अनुसार भिडियो निर्माण गरिएको छ। तरकारी बेच्ने युवक र चिया बेच्ने युवतीको प्रेम कथालाई कलात्मक शैलीमा भिडियोमा देखाइएको छ। भिडियोमा प्रतीक उप्रेती र प्रतिभा सेन फिचर्ड छन् । प्रतिभाले यसै भिडियो मार्फत डेव्यु पनि गरेकी छिन् ।
    प्रतिभा र प्रतिकको केमिस्ट्री भिडियोमा गज्जब देखिएको छ। पहिलो म्युजिक भिडियो भएतापनि प्रतिभाले उत्कृष्ट अभिनय गरेकी छिन् । भिडियोलाई युवा पुस्ताका अब्बल निर्देशक सागर बाबू भट्टले निर्देशन गरेका हुन् । प्राय हाम्रै वरपर भइरहेका अनि देखिरहेका कथाहरुलाई बिलकुलै पृथकपनमा भिडियोमा उतार्न सक्ने खुबी भएका उनले यस भिडियोमा पनि राम्रो कथा प्रस्तुत गरेका छन् । भिडियोमा सागरको निर्देशकिय पाटो तारिफ योग्य छ। उनले निर्देशक गरेको यो तेस्रो म्युजिक भिडियो हो। छोटो समयमै दर्शक अनि निर्माताको रोजाइमा परेका उनले पहिलो म्युजिक भिडियो ‘छोटो छ जिन्दगी’ र दोस्रो म्युजिक भिडियो ‘फोरो फिरिममा मेल भर्सन’बाट राम्रै सफलता पाए। उनको निर्देशन अनि कन्सेप्टलाई दर्शकले अत्याधिक रुचाए पनि। यस् म्युजिक भिडियोबाट पनि दर्शकको राम्रो साथ मिल्ने उनको विश्वास छ। काठमाडौंको विभिन्न स्थानमा खिचिएको यस् म्युजिक भिडियोलाई आकर्षक फ्रेममा नवराज उप्रेतीले खिचेका हुन् । बिपि फिल्म्स नेपालको पोष्ट प्रोडक्सना निर्माण भएको भिडियोलाई यसै गीतका सर्जक प्रबिन भट्टले सम्पादन गरेका हुन् । साथै, भिडियोको सह-सम्पादन उत्तम कुमार कार्की र कलरिङ दिन्सन शाहले गरेका छन् । हेर्नुस् भिडियो..

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *