प्रहरी चौकी स्थापना गर्न स्थानीय मानबहादुरले दिए एक रोपनी जग्गा


  • प्रहरी चौकी स्थापना गर्न स्थानीय मानबहादुरले दिए एक रोपनी जग्गा
  • काठमाण्नुडौं । नुवाकोटकाे तारकेश्वर गाउँपालिका–१ छापाडाडाँस्थित प्रहरी चौकी दाङसिङका लागि नयाँ भवन बनाउन स्थानीयवासी मानबहादुर तामाङले एक रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन।   राज्य पुनःसंरचनापश्चात गाउँपालिका केन्द्रको सुरक्षा जिम्मेवारी बहन गर्न तथा धादिङसँग जोडिएको सीमा क्षेत्र हुँदै हुनसक्ने आपराधिक गतिविधि रोक्न स्थापना गरिएको चौकीको नयाँ भवन बनाउन उनले जग्गा दिएका हुन ।   उनले प्रहरी चौकीका जग्गा जिल्ला मालपोत कार्यालय नुवाकोटमा शुक्रबार स्वामित्व हस्तान्तरण गरे । जग्गाधनी प्रमाणपत्र लालपुर्जा हस्तान्तरण गर्दै उनले सम्पत्तिभन्दा ठूलो सुरक्षा भएकाले चौकी निर्माणका लागि आवश्यक जग्गा दिन पाउँदा खुशी लागेको बताए । उनका अनुसार उक्त जग्गाको मूल्य चलनचल्तीको कारोवारमा रु १५ लाखभन्दा बढी पर्दछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *