अख्तियार प्रमुखमा राई , आयुक्तमा चन्द र सिलवाल सिफारिस



काठमाडौं ।
सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा प्रेमकुमार राईलाई नियुक्त गर्न सिफारिस गरेको छ ।
संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि ३० मंसिरमा बसेको संवैधानिक परिषद्ले प्रमुख आयुक्तमा राई र आयुक्तमा जयबहादुर चन्द र किशोर सिलवालको नाम सिफारिस गरेको हो ।
राई पूर्व गृहसचिव हुन् भने चन्द नेपाल प्रहरीका पूर्व एआईजी हुन् । त्यस्तै किशोर सिलवाल मुख्य न्यायधीश हुन् । केही दिनअघिकै बैठकले उनीहरुको नाम सिफारिस गरेको हो ।
स्रोतका अनुसार राष्ट्रपतिबाट संसद विघटनको सिफारिस सदर भएलगत्तै संवैधानिक निकायहरुमा नियुक्त गर्न सिफारिस गरिएको पत्र संसद सचिवालयमा पुगेको छ ।