संसद विघटन संगै गृहमन्त्री थापा र लेखराज वाहेक सवै मन्त्रीहरुले राजीनामा दिने



काठमाडौं ।
सरकारले संसद बिघटन गरेपछि प्रचण्ड र माधव नेपाल पक्षका सबै मन्त्रीले सामूहिक राजिनामा दिने भएका छन् । गृहमन्त्री रामबहादुर थापा बादल र लेखराज भट्ट बाहेक अन्य मन्त्रीले राजिनामा दिन लागेका छन् ।
पर्यटनमन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्याम भुषाल पनि राजिनामा दिन तयार भएका छन् ।
उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव राजीनामा दिने तयारीमा छन् ।