प्रचण्ड- नेपाल र ओली समुहको वैठक छुट्टाछुट्टै ठाउमा वस्दै


  • प्रचण्ड- नेपाल र ओली समुहको वैठक छुट्टाछुट्टै ठाउमा वस्दै
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली समूहले दिउँसो साढे १२ बजे बालुवाटारमा वैठक डाकेको छ । बैठकमा सचिवालय सदस्यहरूको संख्या थप्ने, चुनावी तयारी तथा अर्को समूहले सरकारलाई पारेको अप्ठेरोको भण्डाफोर गर्न गाउँतहस्म कार्यकर्ता खटाउने विषयमा ओलीले निर्देशन दिने तयारी गरेको एक सदस्यले जानकारी दिए ।   काठमाडौँको बबरमहलस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजे हुने पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहको बैठकमा पनि सचिवालय हेरफेर र महासचिवको मनोनयनको तयारी गरेको निकट स्रोतले जनाएको छ ।   दुबै समूहले पार्टीमा वैधताको लडाइँ पनि सुरू गरेका छन् । आफू पार्टीको संस्थापन भएको जनाउ दिने गरी दुबै समूहले समानन्तर बैठक र निर्णय तीव्र पारेका छन् ।   अल्पमतमा परेको ओली समूहले ५५६ जना केन्द्रीय सदस्य थप्दै ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको जानकारी निर्वाचन आयोगलाई गराएको छ ।   दाहाल-नेपाल समूहले पनि ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको तथा आफ्नो पक्षमा साविकको ४४१ केन्द्रीय सदस्यको बहुमत संख्या रहेको ब्यहोराको जानकारी निर्वाचन आयोगमा गराइसकेको छ ।   एकीकरणको ३२ महिनापछि नेकपा अन्ततः विभाजनमा गएको छ । तर, यसलाई औपचारिक घोषणा गरिएको छैन ।   गत फागुनमा बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने पार्टी निर्णयलाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले चुनौती दिएपछि सुरू भएको नेकपाको संकट अन्ततः फुटको औपचारिक तहमा पुगेको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *