
गृहमन्त्री बादलका सल्लाहकारले दिए राजिनामा



काठमाडौं ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’का राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले राजिनामा दिएका छन् । बादल केपी ओलीको पक्षमा लाग्ने निर्णयपछि सुवेदीले राजिनामा दिएका हुन् ।
उनले राजनीति र नैतिक दृष्टिकोणले राजिनामा दिने निर्णय गरेको बताएका छन् । बादल निकट नेताहरु समेत प्रचण्ड माधव नेपाल समूहमा लागिसकेका छन् । बादल भने ओली समूहको बैठकमा सहभागी भएका छन् । गृहमन्त्री पदकै लोभमा परेर उनी त्यता लागेको बताइएको छ । दृष्टिन्युज
