प्रचण्डलाई अध्यक्ष पदबाट हटाउने ओली समुहको निर्णय



काठमाडौं ।
केपी ओली पक्षको नेकपाले प्रचण्डलाई कारबाही गरी अध्यक्षबाट हटाउने निर्णय गरेको छ। बालुवाटारमा बसेको सो समूहले बैठकले यस्तो निर्णय गरेको हो । साथै बैठकले पार्टीका सातै प्रदेशमा संयोजक तोकेका छन् ।
सुदूरपश्चिममा लेखराज भट्ट, कर्णालीमा मणि थापा, लुम्बिनीमा शंकर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, वागमतीमा ईश्वर पोखरेल, प्रदेश नम्बर दुईमा सत्यनारायण मण्डल र प्रदेश एकमा सुवास नेम्वाङलाई संयोजक तोकिएको छ । जनवर्गीय संगठनको समन्वयमा टोपबहादुर रायमाझीलाई चयन गरिएको छ ।दृष्टिन्युज