ओलीको कदम विरुद्ध प्रचण्ड- माधप पक्षका नेताहरु सडकमा ओर्लिए



काठमाडौं ।
संसद बिघटनविरुद्ध प्रचण्ड–माधव नेपाल पक्ष नेकपा सडकमा उत्रिएको छ । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायतका नेता शुक्रबार बिहानै माइतीघरमा विरोध प्रदर्शनमा उत्रिएका छन् ।
ओलीको असंवैधानिक कदम फिर्ता लिन माग गर्दै प्रदर्शन भएको हो । सो समुहले देशव्यापी रुपमा सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस र समाजवादी दलले पनि आन्दोलन गर्ने निर्णय गरेको छ । दृष्टिन्युज