प्रचण्ड- माधव नेपाल पक्षले निर्वाचन आयोगमा बुझाए दुई सय ९७ केन्द्रीय सदस्यको हस्ताक्षर



काठमाडौं ।
प्रचण्ड र माधव नेपाल पक्षले निर्वाचन आयोग पुगेर नेपाल कम्युनिष्ट पार्टीको आधिकरीकता दाबी गरेका छन् । दुई सय ९७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझाउँदै उनीहरुले आधिकरीता दाबी गरेका हुन् ।
यससम्बन्धि हस्ताक्षर बुझाउन प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनालसहितका नेता निर्वाचन आयोग पुगेका थिए । नेकपाका ४ सय ४१ मध्ये बहुमत अर्थात् २ सय ९७ केन्द्रीय सदस्य आफुहरुसँग भएकाले नेकपा पार्टी र चुनाव चिन्ह आफ्नो हुनुपर्ने दाबी गरेका हुन् ।
राजनीतिक दलसम्बन्धि ऐनमा केन्द्रीय समितिमा जोसँग बहुमत हुन्छ उनी आधिकारीक हुने प्रावधान छ ।