प्रदेश १ सरकार संकटमा मुख्यमन्त्री राई विरुद्ध अविस्वासको प्रस्ताव दर्ताको तयारी



  • काठमाडौं । नेकपा विभाजनको असर प्रदेश सरकारहरुमा देखिन थालेको छ । बाग्मतीपछि प्रदेश नम्बर १ मा पनि सरकार ढल्ने अवस्था देखिएको छ ।
    मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–माधव नेपाल पक्षले आइतबार अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा छन्। तीन मन्त्रीले राजीनामा समेत दिन लागेका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरे, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वास र सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले राजीनामा दिन लागेका हुन् । यसअघि मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरिसकेका छन्। आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन चलखेर गरेको भन्दै मुख्यमन्त्री राईले आङ्बोलाई बर्खास्त गरेका हुन्। प्रचण्ड नेपाल समूहले आइतबार मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव गर्ने तयारी गरेको उक्त पक्षका एक नेताले जानकारी दिए। दृष्टिन्युज

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *