विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड नाघ्यो
काठमाडौँ– विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ८ करोड २३ लाख २१ हजार ३५८ पुगेको छ । बुधबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाबाट १७ लाख ९६ हजार २६९ जनाले ज्यान गुमाएका छन् ।
विश्वमा संक्रमित रहेका २ करोड २१ लाख ९३ हजार ७९१ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये १ लाख ५ हजार ९३९ को स्वास्थ्य अवस्था गभ्भीर छ ।
अहिलेसम्म ५ करोड ८३ लाख ३१ हजार २९८ जनाले कोरोनालाई जितेका छन् ।
सबैभन्दा रै संक्रमण फैलिएको अमेरिकामा १ करोड ९९ लाख ७७ हजार ७०४ जनामा संक्रमण फैलिएको छ । संक्रमित ३ लाख ४६ हजार ५७९ जनाको मृत्यु भएको छ । १ करोड १८ लाख ४४ हजार ४७२ जनाले कोरोना जितेका छन् । अमेरिकामा अहिले ७७ लाख ८६ हजार ६५३ जनामा सक्रिय संक्रमण छ । उनीहरूमध्ये २९ हजार १३२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।
त्यस्तै दोस्रो संक्रमण फैलिएको भारतमा १ करोड २ लाख ४५ हजार ३२६ जनामा संक्रमण भएको छ । १ लाख ४८ हजार ४७५ जनाको मृत्यु भएको छ । ९८ लाख ३३ हजार ३३९ जनाले कोरोनालाई जितेका छन् । २ लाख ६३ हजार ५१२ जनामा सक्रिय संक्रमण छ । उनीहरूमध्ये ८ हजार ९४४ को स्वास्थ्य अवस्था गम्भीर छ ।
संक्रमित मुलुकको ४० औँ स्थानमा रहेको नेपालमा संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ जना पुगेको छ । जसमा गत २४ घण्टामा ७०८ जना संक्रमित थपिएका हुन ।