सेमिफाइनलमा पुग्न सुदुरपश्चिम र वाग्मती प्रदेश भिड्दै


  • सेमिफाइनलमा पुग्न सुदुरपश्चिम र वाग्मती प्रदेश भिड्दै
  • लमही । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्‌वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज (बिहीबार) दुई खेल हुँदै छन् । दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले वाग्मती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । आजको खेलमा दुवै टोली जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउने योजनामा हुनेछन् । लिगमा समान दुई-दुई खेलेका दुवै टोलीको समान २-२ अंक छ । समूह ‘बी’मा रहेको एपीएफ यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । एपीएफले प्रतियोगितामा दुई खेल खेल्दै ४ अंक जोडेको छ ।
      आजको खेलमा सुदूरपश्चिम प्रदेश र वाग्मती प्रदेशबीच जित निकाल्ने टोलीले ४ अंक जोड्दै सेमिफाइनलमा स्थान बनाउनेछ । प्रतियोगितामा दुवै टोली उपाधि दाबेदारका रुपमा छन् । तर, पनि सुदूरपश्चिम प्रदेश वाग्मतीभन्दा बलियो टिमका रुपमा छ । त्यस्तै आज हुने दिनको दोस्रो खेलमा प्रदेश १ र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । आजको खेलमा जित निकाल्दै गण्डकी प्रतियोगितमा सुखद बिदाइको अपेक्षामा हुनेछ । तर, बलियो प्रदेश १ लाई जित निकाल्न मुस्किल हुनेछ ।
    ad
    ad
    ad
    ad
    प्रतिकृया दिनुहोस

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *