एसपी दिल्लीराज बिष्टको पुर्नवहाली, निर्मलाको न्याय अन्यौलमा



  • काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला हत्या घटनामा सरकारी सेवाबाट हटाइएका एसपी दिल्लीराज बिष्टको सेवामा पुर्नवहाली भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको पुर्नवहाली गरेको हो ।
    विष्टले यसअघिको निर्णय पुनरावेदनका लागि मन्त्रिपरिषद्मा निवेदन दिएका थिए । सोही आधारमा उनलाई पुर्नवहाली गरिएको एक मन्त्रीले बताए । नक्कली अभियुक्त खडा गर्न लागेकोमा उनी र इन्सपेक्टर जगदिश विष्टलाई सेवाबाट हटाउने निर्णय गरिएको थियो । तर, पछि गरिएका छानबिनमा नक्कली अभियुक्त खडा गरेको कुरा पुष्टि हुन सकेन । सामान्य लापरबाही मात्र देखिएको थियो । एसपी विष्ट लगायत प्रहरीले न्याय पाएपनि निर्मलाका परिवारले भने अझै न्याय पाउन सकेका छैनन् । अहिलेसम्म प्रहरीले अभियुक्त पक्राउ गर्न सकेको छैन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *