रुकुम पुर्वमा अठार किलो ५०० ग्राम अफिस सहित तीन जना पक्राऊ


  • रुकुम पुर्वमा अठार किलो ५०० ग्राम अफिस सहित तीन जना पक्राऊ
  • रुकुम पुर्व । रुकुमपुर्व प्रहरीले १८ किलो ५०० ग्राम लागुऔषध अफिमसहित तीनजनालाई पक्राउ परेका छन् । ठूलो परिमाणको अफिमसहित उनीहरुलाई छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरिएको बिहीबार पत्रकार सम्मेलन गरी प्रहरीले जानकारी दिएको छ ।  प्रहरीले भुमे गाऊपालिका-३ झुम्लावाङ  रुकुम पुर्वका ३४ वर्षीय तारा प्रसाद श्रेष्ठ, वडा न. -४ अमलाचौरका ५८ वर्षिय मन्सराम खत्री र वडा न. २ खावाङका २१ वर्षिय हिक्मत पुनलाई पक्राउ गरेको छ । विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुमपुर्ववाट खटिएको प्रहरी निरीक्षक दिपेन्द्र वानियाको नेतृत्वको टोलीले  श्रेष्ठ र खत्रीलाई १३ किलो अफिम सहित १४ गते राती न्यु पोख्रेली होटेल छिप्रिदहवाट  ११ः५० बजे र पुनलाई ५ किलो ५०० ग्राम सहित तारा प्रसाद श्रेष्ठको घर नजिक बाटो मुनी लुकाई राखेको अवस्थामा १६ गते विहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका प्रमुख प्रहरी नायव उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए । “विशेष सूचनाका आधारमा त्यहाँ पुगेको टोलीले उनीहरु वसेको होटेलको कोठामा खानतलासी गरेको थियो”, प्रहरी निरीक्षक वानियाले भने, “खानतलासी गर्दा १३ किलो  लागुऔषध भेटिएपछि दुबैलाई नियन्त्रणमा लिइएको हो ।” पुनलाई भने १६ गते विहान श्रेष्ठको वयानका आधारमा श्रेष्ठकै घरनजिकवाट ५ किलो ५०० ग्राम अफिम सहित नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएका तीनैजनामाथी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *