नेकपाको भ्रातृ संगठनद्धारा सरकारविरुद्ध विरोध प्रदर्शन


  • नेकपाको भ्रातृ संगठनद्धारा सरकारविरुद्ध विरोध प्रदर्शन
  • काठमाडौं ।   नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समर्थित विद्यार्थीहरुले ललितपुरको क्याम्पस गेटअगाडि सरकारविरुद्ध प्रदर्शन गरेका छन् । नेकपाको भ्रातृ संगठन अनेरास्ववियुको पाटन संयुक्त क्याम्पस कमिटीले सरकारकाविरुद्ध विरोध प्रदर्शन गरेको हो ।   कमिटी अध्यक्ष सन्जीव कार्की नेतृत्वमा भएको प्रदर्शनमा सहभागी विद्यार्थीले क्याम्पस गेटमा आगो बालेर जौ, तिल र चामल आगोमा हाल्दै सरकारको गैरसंवैधानिक कदमको ‘स्वाहा’ भन्दै नाराबाजी गर्नुका साथै कालो झन्डासमेत प्रदर्शन गरेका थिए ।   प्रदर्शनका क्रममा विद्यार्थीहरुले बालेको आगोमा पानी खन्याएर प्रहरीले हस्तक्षेप गरेको थियो । बाह्रखरी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *