नेकपा विभाजनको असर सुदुरपश्चिममा पनी, ३९ मध्य ३० सांसद प्रचण्ड-नेपाल पक्षमा


  • नेकपा विभाजनको असर सुदुरपश्चिममा पनी, ३९ मध्य ३० सांसद प्रचण्ड-नेपाल पक्षमा
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी भित्रको विवादपछि सुदुरपश्चिम प्रदेशमा समेत प्रदेश सांसदहरु दुई खेमामा विभाजित बनेका छन् । सो प्रदेशमा रहेका ३९ जना नेकपाका प्रदेश सभा सदस्यमध्ये पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहमा ३० जना उभिएका छन् ।   नेकपाका दुई प्रदेश सांसद भने सभामुख र उपसभामुख छन । यस्तै आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहोरा कतै खुलिसकेका छैनन् ।   बाँकी ६ जना सांसद मात्रै प्रधानमन्त्री केपी शर्मा ओली निकट देखिएका छन । आइतबार संसदीय दलको बैठकमा सहभागी भएकामध्ये ६ जनाले निणर्यमा हस्ताक्षर नगरेपछि दुई खेमामा उभिएका नेताहरु बारे प्रष्ट भएको हो ।   दलको बैठकले प्रधानमन्त्री ओलीको कदमको बिरोध गर्दै प्रचण्ड-माधव समूहलाई समर्थन गर्ने निणर्य गरेको छ ।हाम्राकुरा   बैठकले पार्टी अध्यक्ष केपी ओलीबाटै भइरहेको पार्टी फुट र विग्रहको खेलमा नलाग्नसमेत सबैमा अनुरोध गरेको नेकपाकी सदुरपश्चिम प्रमुख सचेतक तारा लामाले जानकारी दिइन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *