वर्दिया ।
उद्याेग वाणिज्य तथा आपुर्ती राज्यमन्त्री विमला बि.क.ले बर्दियाको बिकास र समृद्धिकालागी आफु वर्दिया बासिको काधमा काध थाप्नलाई मन्त्री भएको बताउनुभयो ।
बढैयाताल उद्योग वाणिज्य संघले मैनापोखर स्थित सुनगाभा पार्टि प्यालेसमा राखेको स्वागत कार्यक्रलाई सम्वोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।

मन्त्री विकले बर्दियाको विकाशका लागी आफु सदैब वर्दियावासी संगै हुने भएकोले वर्दियाकाे बिकास गर्ने कुरामा वर्दियावासीलाई ढुक्क रहन आग्रह गर्नु भयो । उहाले बर्दियाका सम्पुर्ण खेतहरुमा सिंचाई पुर्याउने र वास्तविक भुमिहिनहरुले चाडै नै जग्गाको लालपुर्जा पाउने समेत वताउनुभयो ।

त्यस्तै आजनै मन्त्री विकलाई मधुवन नगरपालिकावासी, सहकारी संस्था, स्थानीय युवा, समाजसेवीहरुले कार्यक्रम स्थान भन्दा दुई किलोमिटर अगाडीवाट पञ्चेवाजा सहित स्वागत गरेका थिए ।