हलिउड चलचित्र ‘टार्गेट नम्बर वान’ डिसहोमले रिलिज गर्दै



काठमाडौं ।
डिशहोमवाट आजदेखी हलिउड चलचित्र ‘टार्गेट नम्बर वान’ रिलिज हुँदै छ ।
नेपालमै पहिलोपल्ट हलिउड तथा बलिउड चलचित्र पे–पर–भ्युमार्फत् नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा सुरुआत गरेको च्यानलले आजदेखि सो हलिउड चलचित्र रिलिज गर्न लागेको हो ।
डिसहोमका दर्शकहरुले यो चलचित्र दैनिक ६ शो बिहान ७ बजे र १० बजे, दिउँसो १ बजे र ४ बजे तथा बेलुका ७ बजे र १० बजे हेर्ने सक्नेछन् ।
सिनेमाघर इन्टरनेसनल च्यानलमा भाषा छनोट गरेर पनि चलचित्र हेर्न सकिन्छ । टारगेट नम्बर वान हिन्दी वा अंग्रेजी कुनै भाषामा हेर्न सकिने बताइएको छ ।
ग्राहकले आईभीआर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशनअनुसार डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, टोल फ्री नम्बरमा फोन गरेर अथवा मोबाइलमा मेसेज टाइप गरेर पनि चलचित्र हेर्न सकिने व्यवस्था मिलाइएको छ । बाह्रखरी