बाँकेको गाभर भ्यालीमा पल र गरिमा



नेपालगन्ज : पछिल्लो समयका अत्यन्तै व्यस्त मोडल तथा लोकप्रिय नायक पल शाह यतिबेला बाँकेको गाभर भ्याली तथा होमस्टेमा रहेका छन् ।
पलसंगै मोडल गरिमा शर्मा पनि गाभर भ्यालीमा रहेकी छिन् । उनीहरू एउटा थारु गीतको म्युजिक भिडियो छायांकनको लागि बाँकेको गाभर भ्याली आइपुगेको बताइएको छ। उसो त पलले एउटा गाभर भ्यालीमा मोडल गरिमा संग खिचेको तस्वीर फेसबुकमा पोस्ट गर्दै आफुहरु गाभर भ्यालीमा रहेको जानकारी गराएका छन् ।
पल र गरिमाका अलवा चर्चित सिनेम्याटोग्राफर अर्जुन तिवारी लगायतको टिम सोमबार बाँकेको चिसापानी स्थित उक्त भ्यालीमा आइपुगेको थियो।
शान्त अनि मनोरम दृश्यले भरिपुर्ण बाँकेको गाभर भ्याली पछिल्लो समय म्युजिक भिडियो छायांकनको लागि प्रमुख रोजाइमा पर्ने गरेको छ। आन्तरिक तथा बाह्य पर्यटकहरु पनि उक्त भ्यालीमा घुम्न जाने गर्छन् ।