सुनचाँदी व्यवसायी संघ बर्दियाद्वारा राज्यमन्त्री बिकलाई स्वागत



बर्दिया ।
सुनचाँदी व्यवसायी संघ बर्दियाले उद्योग बाणिज्य तथा आपुर्ति राज्यमन्त्रि विमला विकलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ।
मन्त्रि नियूक्त भए पछि पहिलो पटक गृह जिल्ला आएकी राज्यमन्त्री विकलाई सुनचाँदी व्यवसायी संघले बर्दियाको मधुबनमा भव्य स्वागत गर्नुका साथै बधाई दिएको हो। स्वागत कार्यक्रममा वोल्दै मन्त्री बिकले वर्षाैं देखी कुरा उठ्दै आएको तर समाधान हुन नसकेको क्षेत्रमा आफुले विषेश ध्यान दिने बताउनुभयो ।
उनले आफु बर्दियाको प्रतिनिधी भएकाले पनि जिल्लामा उद्योग, बाणिज्य र आपुर्तिको क्षेत्रमा हिजो हुन नसकेका विकासको सम्भावना खोजी रहेको बताउनुभयो ।
वर्दियाको मधुवनमा स्थानीय वासीले गरेको स्वागत कार्यक्रमलाई सम्वोधन गर्दै जिल्लाको राजापुरमा रहेको आधुनिक चामल कारखानालाई र भन्सार कार्यालयलाई व्यवस्थित बनाउने आफनो प्राथमिकतामा परेको वताउदै बर्दिया जिल्लामा कम्तीमा ४ वटा जति उद्योग ग्राम निर्माण गर्न पहल गर्ने प्रतिबद्धता समेत गर्नुभयो ।
सदरमुकाम गुलरियामा आयोजना गरिएको एक स्वागत तथा बधाई कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिंदै राज्यमन्त्रि विकले बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाँउपालिका क्षेत्रमा विशेष किसिमका आर्थिक क्रियालापहरु संचालन गर्ने योजना भएको बताउनुभयो ।
विभिन्न सामाग्रीरुका सन्दर्भमा सधै नाप तौल तथा गुणस्तरका क्षेत्रमा पनि आलोचना हुँदै आएकाले बर्दिया जिल्लामा मात्र नभई देश भरमै यसको सुधारका निम्ती पहल गर्ने राज्यमन्त्रि वि.कले बताउनुभयो