प्रधानमन्त्री ओलीले प्रचण्ड-नेपाल समूहलाई दिए भगौडाको संज्ञा



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपालको समूहलाई भगौडाको संज्ञा दिएका छन्। सुदूरपश्चिमको धनगढीमा आयोजित आफूपक्षीय कार्यकर्ताको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीओलीले यस्तो बताएका हुन्।
‘तपाईहरूले केही भगौडाहरुको कुरा सुन्नु भएको होला। केन्द्रीय कमिटीको बैठकमा नआएर सडकमा गए, गाली गरेर, पत्रपत्रिकामा लेखाएर हामी यता छौँ भनेका छन्। उहाँहरूका समर्थकहरू गालीगलौज गरेर हिँडेका छन्। हामीलाई गाली गर्ने फुर्सद छैन। हामी दन्तबजान गर्दैनौं,’ उनले भने, ‘यहाँका विकासका समस्या निराकरण गर्दै छौं। यी काम अघि बढाइने छ। हाम्रो सपना नै देश विकास गर्नु हो भ्रष्टाचार अन्त्य गर्नु हो।
उनले सदूरपश्चिमलाई अब पछि पर्न नदिने वाचासमेत गरे।