संसद विघटनको विरोधमा नेपाली कांग्रेसले गर्यो देशभर प्रदर्शन



काठमाडौं ।
संसद विघटनको विरोधमा नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । संसद विघटनलाई असंवैधानिक भनेको उसले देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो ।विरोध सभामा कार्यकर्ताहरुकाे उत्साहजनक सहभागीता रहेको काँग्रेस नेताहरूले जनाएका छन ।
विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेताहरुले संसद विघटन असंवैधानिक भएको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर ५ को बूढानीलकण्ठमा आयोजित सभामा सभापति शेरबहादुर देउवा आफैं सहभागी भएका छन् ।