गाडीको ठक्करबाट बाँकेको कुसुममा माेटर साईकल चालकको ज्यान गयो



राेल्पा ।
बाँकेको राप्ती साेनारी गाऊ पालीका - १ कुसुम स्थित दक्षिणकाली पेट्रोल पम्म नजिकै गाडीले ठक्कर दिदा माेटर साईकल चालकको ज्यान गएको छ ।
ना ४ ख ६४६५ नम्बरको गाडिले ठक्कर दिदी रा ५ प ९६०० नम्बरको माेटर साईकलमा सवार राेल्पा लिवाङ निवासी २६ बर्षका राजेश सुनारको ज्यान गएको हाे। शुक्रबार साँझ ६:४५ बजेको समयमा उक्त दुर्घटना भएको हाे । मृतक सुनार नेपालगन्ज जाने क्रममा दाङ तर्फ जाँदै गरेको गाडीले ठक्कर दिएको हाे ।माेटरसाइकल पछाडि बसेका भने सकुशल रहेका छन ।
घटना स्थलमा गम्भीर घाइते बनेका सुनारको अस्पताल लैजादै गर्दा बाटोमै घटना भएको केही क्षणमै निधन भएको इप्रका काेहाेलपुरले जनाएको छ ।माेटरसाइकललाई ठक्कर दिने गाडी चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।गाडी चालककाे परिचय नखुलेको र विस्तृत अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।सबै सँग मिलनसार राजेशकाे निधनले उनका शुभचिन्तकहरु स्तब्ध भएका छन । उनी ग्लोबल आइएमी बैंक राेल्पामा कार्यरत कर्मचारी समेत रहेको बताइएको छ । हाम्रा खवर ।