विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड नाघ्यो



काठमाडौँ।
विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड नाघेको छ ।पछिल्लो २४ घण्टामा ७ लाख २२ हजार ८६२ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड नाघेको हो ।
आइतबार बिहान यो समाचार तयार पर्दासम्म संक्रमित संख्या ९ करोड ५४ हजार ७६८ पुगेको छ । यसमध्ये ६ करोड ४४ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।
यो समाचार तयार पार्दासम्म कुल संक्रमितको ७१ प्रतिशतभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा ४ लाख ५० हजारभन्दा बढी निको भएपछि संक्रमणमुक्त हुनेको संख्या ६ करोड ४४ लाख ५० हजार नाघेको छ ।
अहिलेसम्म १९ लाख ३३ हजार ५७५ संक्रमितको मृत्यु भएको छ । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २.१४ प्रतिशत हो । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १२ हजारभन्दा धेरैको मृत्यु भएको छ ।
कुल संक्रमितको २६.२८ प्रतिशत संक्रमित अहिले पनि उपचारका क्रममा छन् । अर्थात सक्रिय संक्रिमतको संख्या २ करोड ३६ लाख ७० हजार ३४६ छ । यसमध्ये १ लाख ८ हजार ५२६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।