नेकपाका प्रचण्ड-माधव समूहको सचिवालय बैठक वस्दै



काठमाडौं ।
नेकपा प्रचण्ड-माधव समूहले सचिवालय बैठक बोलाएको छ । आज दिउँसो ३ बजे पेरिसडाँडामा बैठक बोलाइएको हो । एक नेताका अनुसार बैठककमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध छलफल हुने भएको छ ।
प्रधानमन्त्री ओलीको सिफारिसमा गत ५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि नेकपा विभाजित भएको हो । ओली गुटबाट विभाजित भएको नेकपा प्रचण्ड–माधव समूहले केही दिनयता बैठक पेरिसडाँडामा गर्दै आएको छ ।