
नेपाल प्रहरीमा ११ जना एसपीको एसएसपीको बढुवा सिफारिस



काठमाडौं ।
नेपाल प्रहरीमा एसएसपीको बढुवा सिफारिस भएको छ । बुधबार बसेको बढुवा सिफारिस समितिले ११ जना प्रहरी उपरीक्षक(एसपी)लाई एसएसपी बढुवामा सिफारिस गरेको हो ।
समितिले सिनियर एसपीहरु कृष्णकुमार महत, गोविन्द कुमार साह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्र प्रसाद मैनाली, कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुईटेल र मोहन प्रसाद पोख्रेललाई बढुवा सिफारिस गरेको हो । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले सिफारिस गरेको हो ।
