परराष्ट्रमन्त्री ज्ञवाली तीन दिने भ्रमणमा भारत प्रस्थान



काठमाडौं ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन बिहीबार दिल्ली प्रस्थान गरेका छन् ।
मन्त्री ज्ञवाली बिहीबार बिहान भारतको दिल्ली प्रस्थान गरेका हुन् । तीनदिने भ्रमणका क्रममा मन्त्री ज्ञवालीले उच्चपदस्थ भारतीय अधिकारीरूसँग पनि छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीपकुुमार ज्ञवाली भारत जाने क्रममा ।
संयुक्त आयोगको बैठकमा सीमा, व्यापार, पारवहनलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, कोभिडविरुद्धको खोपमा नेपाल–भारत सहकार्यको मोडालिटीबारे पनि छलफल हुनेछ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि नेपालबाट भारत भ्रमणमा जान लागेका मन्त्री ज्ञवाली सबैभन्दा उच्चपदस्थ व्यक्ति छन् । परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी ओलीका तर्फबाट भारतीय समकक्षी नरेन्द्र मोदीलाई सन्देश सुनाउने बताइएको छ ।
बैठकमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मी अर्याल लगाएत सहभागी हुने तय भएके छ । मन्त्री ज्ञवाली ३ माघमा स्वदेश फर्कने कार्यक्रम छ । दृष्टिन्युज
यो पनि पढ्नुहोस्…