कांग्रेस सभापति देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण



काठमाण्डौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ ।पालुङटारको आँपपिपल भन्ने स्थानमा हेलिकप्टर आकस्मिक अवतरण गरेको हो । देउवा काठमाडौंबाट पर्वत जाँदै थिए ।
गोरखाका एसपी सुरेन्द्र गुरुङले मौसम खराबी भएकाले केहीबेरअघि हेलिकप्टर आकस्मिक अवतरण गरेको जानकारी दिए ।शहीद हरिदत्त तिवारीको स्मृतिमा निर्माण गरिएको भवन उद्घाटन गर्न देउवा पर्वत जाँदै थिए। उक्त भवन फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीमा निर्माण गरिएको छ ।