तोकिएको समयमै निर्वाचन हुने प्रधानमन्त्री ओलीको दावी



काठमाडौं ।
प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापना नहुने बताउँदै तोकिएको समयमै निर्वाचन हुने दावी गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आफू निकट स्थायी कमिटी सदस्यहरुसँग छलफल गर्दै अध्यक्ष ओलीले तोकिएकै समयमा निर्वाचन हुने भन्दै निर्वाचनमा केन्द्रित हुन निर्देशन समेत दिएका छन् । आधिकारि पार्टी र चुनाव चिह्न आफ्नै पक्षमा हुने दावी गर्दै ओलीले ढुक्क भएर निर्वाचनमा केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन दिएका हुन ।
बैठकमा अध्यक्ष ओलीले निर्वाचनमा आयोगमा पार्टीका विषयमा चलिरहेको प्रक्रिया र त्यसमा पार्टीका तर्फबाट दिइएको जवाफबारे सबैलाई जानकारी दिएका थिए । दृष्टिन्युज ।