भाडा घटाएको विरोधमा आपत्ति जनाउँदै यातायात व्यवसायीद्वारा यातायात ठप्प



रुकुम पश्चिम ।
जिल्ला यातायात व्यवस्था समिति रुकुम पश्चिमले पछिल्लोपल्ट निर्धारण गरेको भाडाप्रति आपत्ति जनाउँदै यातायात व्यवसायीले बिहीबारदेखि यातायातका साधन बन्द गराएका छन् । सार्वजनिक सवारी नचलेपछि यात्रु हिँडेर गन्तव्यमा पुग्न बाध्य छन् । यातायात व्यवसायीले गाडी नचलाएपछि जिल्ला भित्र आवातजावत गर्ने यात्रुहरू पुर्ण रुपमा प्रभावित बनेका छन ।
समितिले बिहीबारदेखि लागू हुने गरी ग्रामीण सडकको भाडा घटाएको हो । उक्त भाडा कम भएको भन्दै व्यवसायीले भाडा समायोजन गर्नुपर्ने अडान राखेका छन् । जिल्लाका विभिन्न रुटहरुमा साविकको भन्दा धेरै कम भाडा समायोजन भएपछि स्थानीयहरु खुसि भएका थिए । सडकलाई क,ख र ग स्तरमा छुट्टयाइएर त्यहि आधारमा भाडा समायोजन गरिएको थियो ।