अहिलेसम्मकै ठूलो ८ अर्ब रुपैयाँको आईपीयो खुल्यो, सवै आवेदकलाई पर्ने


काठमाडौं ।
नेपालको अहिलेसम्मकै ठूलो आईपीओका लागि आवेदन आजबाट खुल्दैछ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता धितोपत्रको प्रारम्भिक निष्काशन (आईपीओ) आजबाट बिक्री सुरु गरेको हो ।
जसमध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४ लाख कित्ता म्युचुअल फन्डका लागि छुट्याइएको छ भने बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल हो । क्यापिटलका अनुसार कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिन्छ । सर्वसाधारणले छिटोमा माघ ६ गतेसम्ममा आवेदन दिन पाउने छन् ।
आज बिहान १० बजेदेखि आवदेन दिन पाइन्छ । र्बैकको आईपीओ हालसम्मकै ठूलो हो । यसमा आवेदन दिनेहरु खाली हात फर्कनु पर्दैन । त्यसका लागि बैंक खातामा आवेदन रकम बराबरको ब्यालेन्स अनिवार्य छ ।
हाल नेपालमा २४ लाख डिम्याट खाता खुलेका छन् । सबैले आवेदन दिएको खण्डमा एक आवेदकलाई ३० कित्ता भाग पर्छ । बाह्रखरी