परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहविच भेटवार्ता



काठमाडौं ।
भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीमा दुई मन्त्रीबीच भेटवार्ता भएको हो ।
परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन उनी बिहीबार भारत गएका थिए । शुक्रबार भारतीय विदेशीमन्त्री एस जयसंकरसँग बैठक बसेको थियो । मन्त्री ज्ञवाली तीन दिने भ्रमण पुरा गरी आज स्वदेश फर्कदैछन् ।