काठमाडौं ।
उद्याेग वाणिज्य तथा आपुर्ती राज्यमन्त्री विमला बि.क.ले जुन देशमा सचेत, बौद्धिक र सृजनसिल युवा वर्गहरुको सक्रियता हुन्छ त्यो देशले विकाशमा फड्को मार्ने बताउनुभयो ।

उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला बिककाे प्रमूख आतिथ्यमामा शनिवार काठमाडौंमा सम्पन्न नेपाल युवा परिषद काे ९ औं साधारण सभा तथा पुस्तक विमोचन कार्यक्रममा वोल्दै मन्त्री बिकले उक्त कुरा बताउनुभएको हो ।

मन्त्री विकले "देश विकाशको लागि कैयन देशहरुमा युवाहरुले आर्थिक, राजनितिक, शैक्षिक र औधोगीक क्रान्ति गरेको बताउदै नेपालमा पनी युवाहरुले देश विकाशका लागी हरेक किसिमका क्रान्तिमा होमिनु पर्ने बताउनुभयो । उहाँले देशमा परिवर्तन ल्याउन युवाहरुको महत्वपूर्ण भूमिका रहेको वताउदै आफु सदैब युवाहरुको साथमा रहने वताउनुभयो ।"