सुनसरीमा मोटरसाइकल र ट्रक एकआपसमा ठोक्किदा एकको मृत्यु



सुनसरी ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछीमा शनिबार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–१० का ३० वर्षीय विक्रम चेमजोङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
इटहरीबाट धरानतर्फ जाँदै गरेको को ३२ प ६७१६ नम्वरको मोटरसाइकल र धरानबाट इटहरीतर्फ आउँदै गरेको को१ख ५५२७ नंको ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार चेमजोङको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।
मोटरसाइकलमै सवार धरान–१० का साइल तुलाधर घाइते भएका छन् । बाह्रखरी