राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता



काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितल निवास पुगेका हुन् ।
प्रधानमन्त्रीले समसामयिक परिस्थितिबारे राष्ट्रपतिलाई बिफ्रिङ गर्ने परम्परा छ । पछिल्लो समय ओलीले आफू संकटमा परेको बेला राष्ट्रपति भण्डारीसँग बाक्लो भेट गर्ने गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटमा भएको कुराकानीबारे भने खुलाइएको छैन । दृष्टिन्युज