निर्वाचन आयोगद्वारा राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेश



काठमाडौँ ।
निर्वाचन आयोगले वर्षभरि गरिएका कामकारवाही सहितको वार्षिक प्रतिवेदन २०७६/०७७ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमवार आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुुमार थपलियाले वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।
सो अवसरमा आयुक्तद्वय नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्याल, आयोगका सचिव देवकुमारी गुुरागाईँलगायत सहभागी हुनुहुन्थ्यो ।