गुजरातमा सुतिरहेको मजुदरलाई ट्रकले किच्दा मृत्यु हुनेको संख्या २० पुग्यो



काठमाडौं ।
भारतको गुजरात राज्यमा सकडको फुटपातमा सुतिरहेका मजुदरलाई ट्रकले किच्दा मृत्यु हुनेको संख्या २० जना पुगेको छ । कोसम्बा भन्ने स्थानमा सडक छेउ फुटपाथमा सुतिरहेका २० मजदुरमाथि गुडिरहेको ट्रक चढेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । ती सवै मजदुर राजस्थानको बान्सावाडा जिल्लास्थित कुशलगढका बासिन्दा रहेको गुजरात प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार ट्रकले किचेर १२ जनाको घटनास्थलमै मृत्यु भएको हो । गम्भीर ८ घाइतेमध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो। अन्य ६ जना गम्भीर घाइतेको उपचार जारी रहेको छ । दृष्टिन्युज