भारतले आजबाट नेपालसहितका छिमेकीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउदै



काठमाडौं ।
भारतले आज वुधवारवाट नेपालसहित नजिकका छिमेकीको लागि कोरोनाविरुद्धक खोप उपलब्ध गराउने जनाएको छ ।
भारतको विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार नेपालसहित भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमारलगायतका राष्ट्रहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने उल्लेख छ ।
भारतमा निर्मित खोपहरुको आपूर्तिका लागि अनुरोध गरेका छिमेकी देशहरुलाई खोप उपलब्ध गराउन लागिएको हो । अनुदान सहायता अन्तर्गत खोप उपलब्ध गराउन लागेको जारी विज्ञप्तिमा उल्लेख छ ।
भारतले यसअघि त्यहाँ निर्मित कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ । छिमेकी देशहरुलाई अनुदान दिँदा पनि भारतमा पर्याप्त मात्रामा खोप उपलब्ध हुने त्यहाँको सरकारले जनाएको छ । बह्रखरी