रुकुम पुर्वमा अटो दुर्घटना हुँदा चालकको मृत्यु दुईजना घाइते



रुकुम पुर्व ।
रुकुम पूर्वको भुमे गाउँपालिका-१ लुकुममा अटो दुर्घटना हुँदा अटो चालकको ज्यान गएको छ भने दुई जना यात्रु घाइते भएका छन् । रा १ ह ४०९९ नम्बरको अटो दुर्घटना हुँदा १७ वर्षका चालक आशिष विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।
अटोमा यात्रा गरिरहेका १४ वर्षकी अञ्जली विक र १५ वर्षकी एलिना विक घाइते भएको जिल्ला प्रहरी कार्यालयका रुकुम पुर्वका प्रहरी निरीक्षक दिपेन्द्र बानियाँले बताउनुभयो ।