कोभिड-१९ खोप ९ हजार ८४ जनाले लगाए, कसैलाई पनी समस्या देखिएन



काठमाडौं ।
कोभिड-१९ खोप अभियान अन्तर्गत बुधबार पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएका छन् ।
६४ जिल्लाका ९३ केन्द्रबाट खोप वितरण गरिएकोमा वाग्मती प्रदेशबाट सबैभन्दा धेरै दुई हजार ६ सय ९४ जनाले खोप लिएका हुन् । त्यस्तै प्रदेश १ बाट एक हजार दुई सय ५५, २ बाट सात सय २६, गण्डकीबाट एक हजार आठ सय ४३ लुम्बिनीबाट सात सय ३३, कर्णालीबाट सात सय ५१ र सूदूरपश्चिमबाट एक हजार ८२ जनाले खोप लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
खोप लगाएका कसैलाई पनि कुनै समस्या नदेखिएको पनि मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।