नेपालमा कोरोना संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या शून्य


  • नेपालमा कोरोना संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या शून्य
  • काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या शून्यमा झरेको छ। कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या पहिलोपटक शून्यमा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकमा कोरोना भाइरसबाट कसैको पनि मृत्यु भएको छैन। बुधबार भने ३ जनाको मृत्यु भएको थियो। बुधबारबाट देशभर कोरोना खोप अभियान सुरु गरिएको छ। भारत सरकारको सहयोगमा नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध भएपछि खोप अभियान सुरु गरिएको हो। खोपबाट नेपालमा कोरोना संक्रमण दर रोक्ने अपेक्षा लिएको छ। नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २० पुगेको छ। यस्तै कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ७० हजार ५८८ पुगेको छ । जसमध्ये २ लाख ६५ हजार ३६५ जनाले कोरोना जितेका छन् । बिहीबार थप २९६ जना संक्रमणमुक्त भएका छन्। यस्तै पछिल्लो २४ घण्टामा थप २ सय १३ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ । ८८ महिला र १२५ पुरुषमा संक्रमण देखिएको हो। काठमाडौं उपत्यकाका १४५ सहित २ सय १३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।याे खबर आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *