लप्पन छप्पन–२ चैत २७ गते रिलिज हुने



काठमाडाैँ ।
मुकुन्द भट्ट निर्माण तथा निर्देशित चलचित्र ‘लप्पन छप्पन २’ को प्रदर्शन मिति केही हप्ता पर सरेको छ । यसअघि फागुन २७ गते शिवरात्रीका दिन रिलिज गरिने भनिएतापनि प्राविधिक कामहरु नसकिएकोले प्रदर्शन मिति हेरफेर भएको हो ।
निर्देशक भट्टले दिएको जानकारी अनुसार अब लप्पन छप्पन – २ आगामी चैत २७ गते रिलिज हुने भएको छ । भिएफएक्स, कलरिङ, डबिङ र इडिटिङको काममा ढिलाइ हुँदा प्रदर्शन मिति हेरफेर गर्नु परेको निर्देशक भट्टले बताएका छन् ।
युरोपमा विभिन्न देश तथा शहरहरूमा छायाँकन गरिएको चलचित्रमा सौगात मल्ल, अर्पण थापा, दयाहाङ राई, अनुप विक्रम शाही, नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, सुरविना कार्की, सृजना सिना, गोविन्द शाही, देव कुमारलगायतका कलाकारहरुको अभिनय छ ।
खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको चलचित्रमा पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेको छ । पुरुषोत्तम प्रधानको छायाँकन रहेको चलचित्रलार्ई चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीले निर्माण गरेका हुन् भने मिलन श्रेष्ठले सम्पादन गरेका छन् । चलचित्र वितरकको जिम्मा निर्माता तथा कलाकार गोविन्द शाहीले लिएका छन ।