रियल म्याड्रिडलाई पछि पार्दै बार्सिलोना दोस्रो स्थानमा उक्लियो



एजेन्सी ।
स्पेनिस महारथी रियल म्याड्रिडलाई पछि पार्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ ।
घरेलु मैदानमा आइतबार राति एथलेटिको बिल्वाओमाथि २–१ को जित निकाल्दै बार्सिलोनाले रियललाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको हो ।
नोउक्याम्पमा बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सी र एन्टोइन ग्रिजमनले गोल गर्दा बिल्वाओले जोर्डी अल्वाबाट उपहार गोल पाएको थियो । यससँगै बार्सिलोनाले दुई साताअघिस्पेनिस सुपरकपको फाइनलमा भोगेको हारको बदला लिएको छ ।
खेलको २०औं मिनेटमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाएका थिए । ४९औं मिनेटमा जोर्डी अल्वाले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको अवस्थामा आएको थियो ।
राहुल गार्सियाको प्रहारलाई जोगाउने क्रममा अल्वाले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।
७४औं मिनेटमा ग्रिजमनले गा्ल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए । उनले ओस्कार मिङगुएजाको पासमा गोल गरेका थिए ।
जितसँगै बार्सिलोनाको २१ खेलबाट ४० अंक पुगेको छ । समान ४० अंक नै भएपनि रियल गोलअन्तरमा तेस्रो स्थानमा झरेको हो । रियल शनिबार राति लेभान्टेसँग २–१ ले पराजित भएको थियो । हाम्रो खेलकुदवाट